कांग्रेस सभापति देउवाले भोलि पार्टीका मन्त्रीहरूसँग छलफल गर्ने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट मन्त्री भएकाहरूलाई छलफलका लागि बोलाएका छन् ।

सभापति देउवाले आफ्नो पार्टीका मन्त्रीहरूलाई बिहीबार बिहान आफ्नै निवास बुढानीलकण्ठमा छलफलका लागि बोलाएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

काङ्ग्रेसबाट १० र २ राज्यमन्त्रीसहित १२ जना छन् । सरकारका काम कारबाही, अध्यादेश लगायतका विषयमा असन्तुष्टि बढिरहेका बेला सभापति देउवाले आफ्नो पार्टीका मन्त्रीहरूसँग छलफल गर्न लागेका हुन् ।

  • २ माघ २०८१, बुधबार १५:०० प्रकाशित