माघ पहिलो साता हिउँदे अधिवेशन बोलाउने सरकारको तयारी

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सरकारले माघ पहिलो साता संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ ।

संसद् अधिवेशन छलेर अध्यादेशबाट सरकार सञ्चालन गर्न लागेको विपक्षी दलका नेताहरूको प्रतिक्रिया आइरहेका बेला सरकारले माघ पहिलो साता अधिवेशन बोलाउन लागेको हो । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले माघ पहिलो साता हिउँदे अधिवेशन बोलाउने तयारी भइरहेको बताए ।

‘सरकारले माघको पहिलो साता संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ’, बर्तौलाले भने, ‘संसद् त विपक्षीलाई भन्दा पनि सरकारलाई चाहिएको छ ।’ उनले धेरै कानुन पारित गर्नुपर्ने भन्दै कानुन पारित गर्न ढिलाई हुने भएकाले अध्यादेश ल्याउनुपर्ने बाध्यतामा सरकार पुगेको पनि बताए ।

उनले सरकारले शुक्रबार ल्याएको अध्यादेश विपक्षीको मागअनुसार नै भएको पनि दाबी समेत गरे ।

  • २८ पुष २०८१, आईतवार १७:१६ प्रकाशित