लोकतान्त्रिक बनेर सहकार्य गर्न प्रधामन्त्री ओलीलाई नेपालको सुझाव

केन्द्रभाग मिडिया

फाइल तस्बिर

काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोकतान्त्रिक बन्न र सहकार्य गर्न सुझाव दिएका छन् ।

ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो सुझाव दिएका हुन् । उलने हिटलरलेजस्तो फासिस्ट बनेर नेपालमा पार लगाउन नसक्ने बताउँदै प्रधानमन्त्री ओलीलाई लोकतान्त्रिक विधिबाट चल्न आग्रह समेत गरे।

‘फासिस्ट बनेर पार लगाउन सक्नुहुन्न । लोकतान्त्रिक बन्नुस् । लोकतान्त्रिक विधि अवलम्बन गर्नुस् । अरूको मान सम्मान गर्न जान्नुस् र सहकार्य गर्नुहोस्’ उनले भने, ‘होइन आफ्नै ढंगले चल्न चाहनुहुन्छ भने भीरबाट लड्ने गोरूलाई राम राम भन्न सकिन्छ काँध थाप्न सकिँदैन’

ओलीको अहंकारको कारण नेकपाकालमा संविधान संशोधन हुन नसकेको प्रसंग निकालेका अध्यक्ष नेपालले त्यतिबेला प्रधानमन्त्री भइसकेका व्यक्तिहरू, थुप्रै संख्यामा उपप्रधानमन्त्री र मन्त्री भइसकेका व्यक्तिहरू पार्टीभित्रै रहेकाले छलफल र विश्लेषण गरेर संविधान संसोधन गर्न सकिने अवस्था रहेको स्मरण गरे । ‘आफूलाई बाहेक अरूलाई गन्दै नगन्रे । ज्ञानको भण्डार हुँ भन्ने अहंकारले त्यो हुन पाएन,’ उनले भने।

  • २७ पुष २०८१, शनिबार १६:५८ प्रकाशित