थप तीन वटा अध्यादेश ल्याउने सरकारको निर्णय

केन्द्रभाग मिडिया

काठमाडौं ।

सहकारी सम्बन्धी अध्यादेश ल्याइसकेको सरकारले थप तीन वटा अध्यादेश ल्याउने निर्णय गरेको छ ।

शुक्रबार मध्यरातमा सकिएको मन्त्रिपरिषद बैठकले तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

सरकारले भूमि, लगानी र सरकारी कामकाज सेवा प्रवाहसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको ती मन्त्रीको भनाइ छ ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली, कानुन मन्त्री अजयकुमार चौरसिया लगायतले राष्ट्रपति रामचन्द्र पौडेलसँग परामर्श गरेका थिए ।

सरकारले संसद छलेर अध्यादेश ल्याएको भन्दै आलोचना पनि हुँदै आएको छ ।

  • २७ पुष २०८१, शनिबार ०६:४८ प्रकाशित