पोखरा ।
पोखरा महानगर पालिका वडा नं- ६ स्थित महिला सञ्जाल को आयोजना मा आयोजित वक्तृत्वकला प्रतियोगिता मा संञ्जीबनी नारी समुहकी शोभा पाण्डे प्रथम भएकी छन ।
अन्नपूर्ण आमा समुहको संयोजकत्वमा पोखरा महानगर पालिका वडा नं– ६को आर्थिक सहयोग र महिला सञ्जाल पोखरा– ६ को आयोजनामा आयोजित प्रतियोगितामा पोखरा महानगर पालिका वडा नं–६मा रहेका १८ वटा आमा र महिला समुहको सहभागिता रहेको प्रतियोगितामा शुक्रबार सम्पन्न भएको हो ।
पोखरा महानगर पालिका वडा नं ६लाई “सम्मुनत वडा बनाउन आमा र महिला समुहको भुमिका” विषयमा प्रतियोगीहरुले आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए । प्रतियोगितामा अन्नपूर्ण आमा समुहकी चन्द्रा रानाभाट द्धितीय, मितेरी नारी समुहकी निरा पौडेल तृतीय र धादिङ्ग त्रिपुरा बाराही समुहकी रचना अधिकारीले सान्त्वना स्थान प्राप्त गरेका हुन् ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नं–६ वडा अध्यक्ष विष्णु बहादुर भट्टराइले आमाहरुमा रहेका अतिरितm प्रतिभालाई उजागर गर्न सकियोस भनरे कार्यक्रमको आयोजना गरिएको बताउदै, यस्ता किसिमका कार्यक्रम।बाट वडामा निर्धारण गरेका लक्ष्य हासिल गर्न सहज हुने बताए। उनले महिला दिदिबहिनी हरुमा धेरै किसिमका प्रतिभा रहेका हुन्छन्, जसलाई प्रस्फुटन गर्ने बातावरण निर्माणमा महत्वपुर्ण भुमिका निर्वाह गर्न नसकेको बताए।
अध्यक्ष बविता मल्लाको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगितामा पोखरा महानगर पालिका वडा नं–६की वडा सदस्य शोभा जलारी, संयोजक रेनु लामिछाने र संञ्जालकी तृतीय उपाध्यक्ष भगवति बानिया केसी लगाएतले नारीहरुमा लुकेका प्रतिभालाइ उजागर गर्न महिला संञ्जालले वक्तृत्वकला प्रतियोगिता राखेर अवसर प्रदान गरेकोमा आभार प्रकट गरेका थिए ।
वक्तृत्वकलाको निर्णायक मण्डलमा ताल बाराही माध्यमिक विद्यालयका प.अ तारा प्रसाद पोख्रेल, प्राध्यापक दिपेन्द्र पहारी र शिक्षिका टिका न्यौपाने रहेका थिए ।
विजयी प्रतियोगीहरुलाई क्रमशः आर्कषक पुरस्कार सहित ट्रफि तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।