काठमाडौँ ।
प्रतिपक्षी तीन राजनीतिक दलका अध्यक्षहरूको भेटवार्ता भएको छ ।
बिहीबार सिंहदरबारमा भएको भेटवार्तामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबिच भेटवार्ता भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
उनीहरूबिच विकसित राजनीतिक घटनाक्रमसहित विपक्षी मोर्चालाई सशक्त बनाउने विषयमा छलफल भएको बुझिएको छ । बिहीबार मात्र प्रचण्ड र नेपालबिच भेटवार्ता भएको थियो ।