लिला पछाईंले आज बुझाइन् धरौटी

केन्द्रभाग मिडिया

पोखरा।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादी लिला पछाईंले पनि धरौटी बुझाएकी छिन् । उनले शुक्रबार जिल्ला अदालत कास्कीमा नगद धरौटी बुझाएकी हुन् । आदेश अनुसारको धरौटी बुझाएपछि पछाई आज रिहा भएकी छिन् ।

जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले पछाईंसँग ३७ लाख धरौटी माग गरेका थिए । सोही अनुसार पछाईंले ३७ लाख धरौटी बुझाएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

बिहीबार पैसा बुझाउन नसकेपछि उनलाई कास्की कारागार चलान गरिएको थियो ।

  • २६ पुष २०८१, शुक्रबार १५:२७ प्रकाशित