नेपाल केन्पोकाई च्याम्पियनसिप: पुष १२ देखि पोखरामा हुने

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल केन्पोकाई मार्शल आर्टको आयोजनामा पाँचौ राष्ट्रिय तथा तेश्रो इन्डो नेपाल केन्पोकाई च्याम्पियनसिप पोखरामा हुने भएको छ ।

जापानिज सामुराइ मार्शल आर्टको रुपमा परिचित उक्त प्रतियोगितामा यहि पुष १२ र १३ गते पोखरा रंगशालास्थित कभर्डहलमा आयोजना हुन लागेको हो ।

प्रतियोगितामा नेपाली १८० र भारतिय ७० गरी कुल २५० खेलाडीको सहभागिता हुने संघका अध्यक्ष प्रगत कायस्थले जानकारी दिएका छन् । विश्व महामारीका रुपमा फैलिएको कोभिड १९ पछि पोखरामा आयोजना हुने उक्त प्रतियोगिता मार्शल आर्ट खेलको वृहत् प्रतियोगिता समेत रहेको अध्यक्ष कायस्थले बताएका छन् ।

हरेक वर्ष आयोजना हुने उक्त प्रतियोगिता कोभिड १९ का कारण गत वर्ष स्थागित भएको थियो । प्रतियोगितामा विभिन्न उमेर समुहका गरी विभिन्न १३ वटा तौल समुहमा प्रतिष्पर्धा गराइने भएको केन्पोकाईका मुख्य प्रशिक्षक हरि खड्काले जनाएका छन् । जुनियरतर्फ २० वर्ष मुनी र ६५ केजी तौल समुह भन्दा माथीका खेलाडीहरुले विभिन्न तौल समुहमा काता र डेमोष्ट्रेसनमा प्रतिष्पर्धा गर्नेछन् ।

सन २०१२ मा राष्ट्रिय खेलकुद परिषद अन्तर्गत दर्ता रहेको उक्त संघ ५ प्रदेशका १६ जिल्लामा रहेको बताउँदै अध्यक्ष कायस्थले प्रतियोगितामा जापानिज सामुराई अन्तर्गत रहेको तरवारबाजी खेल मुख्य आकर्षण रहनेछ । करिव १५ लाख खर्च अनुमान गरिएको उक्त प्रतियोगिता सफल बनाउन प्रदेश खेलकुद परिषद गण्डकीले विशेष सहयोग गर्नेभएको छ ।

हालै सम्पन्न केन्पोकाई वल्र्ड टुर्नामेन्ट अन्तर्गत अनलाइन कातामा नेपाली खेलाडी भिजल वंशीले रजत र विवश तामाङले काश्य पदक जितेको बताउँदै नेपालमा चाँडैनै इन्टरनेशनल टुर्नामेन्टको तयारी शुरु गरिने अध्यक्ष कायस्थले बताए ।

उनले भने–“नेपालमा केन्पोकाई खेलको विकास र विस्तार तिव्र रुपमा अघि बढेको छ, हामी इन्टरनेशनलमा ३ पटक र वल्र्ड टुर्नामेन्टमा तिन पटक सहभागि भएका छौं, नेपाली खेलाडीहको पदर्शन उच्च छ, अव हामी नेपालमा नै इन्टरनेशनल टुर्नामेन्टको तयारी गर्दैछौं ।” पुष १२ र १३ गते गरी दुई दिन हुने प्रतियोगिताले समेत पोखराको खेल पर्यटनमा प्रवद्र्धन गर्न सहयोग पुग्ने बताए ।

  • ८ पुष २०७८, बिहीबार १०:०० प्रकाशित