कास्की हिरासतमा रविको तस्वीर खिचिएिको बारे एसएसपीको नेतृत्वमा छानविन समिति

केन्द्रभाग मिडिया

पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको कास्की हिरासतमा सुतिरहेको तस्वीरबारे छानबिन गर्न समिति गठन भएको छ । गण्डकी प्रदेश तालिम केन्द्रका प्रमुख एसएसपी मुकुन्द मरासिनीको नेतृत्वमा ४ सदस्यीय छानबिन समिति गठन भएको हो ।

गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी भोलाबहादुर रावलका अनुसार समितिलाई यथाशक्य चाँडो प्रतिवेदन बुझाउन भनिएको छ । रविको तस्वीर सार्वजनिक भएसँगै प्रहरी सुरक्षामै प्रश्न उठेको अधिकारीहरू बताउँछन् ।

कास्की प्रहरी स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीमा ६ वटा हिरासत कक्ष छन् । ती हिरासत कक्षमा करिब २० वटा सीसीक्यामेरा जडान गरिएको छ । रविलाई भने कास्की प्रहरीको दोस्रो तलाको हिरासत कक्षमा राखिएको छ ।

फोटो खिच्नेलाई विद्युतीय अपराधको कसुरमा कारबाही गर्ने प्रहरीको तयारी छ ।

  • ५ पुष २०८१, शुक्रबार ०७:५४ प्रकाशित