पोखरा ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको अध्यक्षमा रमेश पौडेल निर्वाचित भएका छन् । उनले अर्को उमेद्वार गोविन्द सुबेदीलाई पराजित गर्दै विजयी भएका हुन् । पौडेलले ४०१ मत प्राप्त गरेर विजयी हुँदा उनका प्रतिस्पर्धी सुबेदीले १७८ मत प्राप्त गरे ।
उपाध्यक्षमा प्रकाश पौडेल बिजयी भए । उनले ४०२ मत ल्याउँदा उनका प्रतिस्पर्धी यदुनाथ बन्जरा १६४ मत प्राप्त गरे । उपाध्यक्ष (महिला) मा मायाँ कुमारी अधिकारी निर्वाचित भईन् । उनले ४०९ मत ल्याउँदा उनका प्रतिस्पर्धी कमला खत्री केसी १४५ मत ल्याइन् ।
महासचिवमा जमुना वर्षा शर्मा निर्वाचति भइन् । शर्माले ३४७ मत ल्याउँदा उनका प्रतिस्पर्धी दीपक परियार २३१ ल्याए । सचिव खुल्ला तर्फ भविश्वर पाण्डेले ३७८ मत ल्याउँदा उनका प्रतिस्पर्धी तारा प्रसाद शर्माले १७१ मत ल्याए । सचीव समावेसी सचिवमा रोशनी गुरुङ निर्वाचित भइन् । उनले ४२० मत ल्याउँदा उनका प्रतिस्पर्धी रामबहादुर घले परियारले १४५ मत ल्याए ।
कोषाध्यक्षमा रमेश बस्ताकोटी बिजयी भए । उनले ३५२ मत ल्याउँदा उनका प्रतिस्पधी सागरराज तिमिल्सिना २०७ मत ल्याए ।














