काठमाडौं ।
तराईं र उपत्यकाका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव पनि सामान्य छ ।सामान्यतया आइतबार देशभरको मौसम सफा रहने महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा भने आंशिक बदली रहनेछ । राति देशभर मौसम सफा रहने महाशाखाले जजनाएको छ । आइतबार पनि मौसम सफा नै रहनेछ ।
पुस १ गते सोमबार भने केही ठाउँमा बदली हुनेछ । गण्डकी, कर्णाली र सुदूर पश्चिमका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।














