फसेको रकम उठाइदिने भन्दै गुण्डागर्दी गर्ने ५ जना पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौँ ।

फसेको रकम ‘उठाइदिन्छौ’ भन्दै समूह बनाएर गुण्डागर्दी गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीको क्षेत्र र सहकारीमा जम्मा गरेको बचत फिर्ता नपाए हामीलाई खबर गर्नु भन्दै ‘गोर्खा डिफेन्स फोर्स’ नामको ग्रुप बनाएर गुण्डागर्दी गरेको आरोप उनीहरुमा छ ।

पक्राउ पर्नेमा दाङ घर भएर भैंसेपाटी बस्ने रेखबहादुर पुन मगर ‘रिदम’, ललितपुर घर भएका २६ वर्षीय सुमन लो, सिन्धुपाल्चोक घर भएका ३३ वर्षीय फुर्वा तामाङ उर्फ डिबी, भोजपुर घर भएका ३१ वर्षीय विक्रम तामाङ र सिन्धुली घर भएका २६ वर्षीय उत्तर वाइबा छन् ।

सामाजिक सञ्जाल ‘टिकटक’ मा विज्ञापन गरेर नै उनीहरुले कानुन हातमा लिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिएका छन् ।

टिकटकमा उनीहरुले ‘जिडिएफ क्लब’ अर्थात गोर्खा डिफेन्स फोर्स भन्ने क्लब बनाएका छन् । सो फोर्सको आवरणमा उनीहरुले कपनस्थित एक सहकारीको म्यानेजरलाई नियन्त्रणमा लिएर मोटरसाइकल कब्जामा लिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

  • २६ मंसिर २०८१, बुधबार १६:३२ प्रकाशित