शिक्षक आयोगले खुलायो २६ सय शिक्षकको आवेदन, गण्डकीमा कति छ माग ? (हेर्नुहोस सूची)

केन्द्रभाग मिडिया

काठमाडौं ।

शिक्षक सेवा आयोगले निम्न मा.विका लागि शिक्षक माग गरेको छ । आयोगले विभिन्न विषयमा झन्डै २६ सय शिक्षक माग गर्दै आवेदन खुला गरेको छ। आयोगले २ हजार ५ सय ९८ जना शिक्षक माग गरेको छ ।

आयोगले आज वेबसाइटमा सूचना प्रकाशित गर्दै निमावि तृतीय श्रेणी शिक्षक पदका लागि उक्त संख्यामा शिक्षक माग गर्दै विज्ञापन खुलाएको हो। इच्छुकले माघ ६ गतेभित्र आवेदन दिनुपर्ने आयोगले जनाएको छ।

खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि इच्छुकबाट आवेदन मागसमेत भएको छ।नेपाली विषयमा ४३७ जना माग भएको छ भने अंग्रेजी विषयलाई ६२४ जनाको माग भएको छ।

यस्तै गणितमा ३७१, विज्ञानमा ४४०, सामाजिक अध्ययनमा ३५३, शुक्लयर्वेदमा एक, गणित(विज्ञानमा ३६४, संस्कृत व्याकरणमा तीन, संस्कृत भाषामा चार, संस्कृत कर्मकाण्डमा एक शिक्षक माग गर्दै आयोगले विज्ञापन खुलाएको छ।

जसअन्तर्गत गण्डकी प्रदेशमा ५४३ जना शिक्षक माग भएको छ गण्डकीमा नेपाली विषयका लागी ८७, अङग्रेजीमा १४८, गणितमा८६, विज्ञानमा १०१,सामाजिकमा ७६,गणित र विज्ञान दुवैका लागि ४३,संस्कृत व्याकरणका लागि र संस्कृत भाषाका लागि १/१ जना माग गरिएको छ। ।

परीक्षा लिखित र अन्तर्वार्ता हुनेछ।आउँदो चैत १७ गते बिहान ११ बजेदेखि लिखित परीक्षा हुने सूचनामा उल्लेख छ। सातै प्रदेशमा परीक्षा केन्द्रहरू तोकिएका छन्।

सात सय शूल्क तिरेर आवेदन फारम भर्न सकिनेछ।८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाले आवेदन दिन पाउनेछन्।आयोगको वेबसाइटबाट गएर अनलाइन फारम भर्न सकिनेछ।

कुन प्रदेशमा कति शिक्षक माग हेर्नका लागि यहाँ क्लिक गर्नुहोस ।

  • ७ पुष २०७८, बुधबार ०८:३७ प्रकाशित