तप्राङ्मा स्वास्थ्य शिविर

केन्द्रभाग मिडिया

पोखरा ।

इनर व्हिल क्लव अफ पोखराको आयोजना तथा नेपाल परिवार नियोजन संघ कास्की शाखाको प्राविधिक सहयोगमा निःशुल्क यौन तथा प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएको छ । मादी गाउँपालिका वडा नं ६ तप्राङ्मा आयोजित यौनजन्य संक्रमणको परामर्श तथा परिक्षण र पाठेघरको मुखको क्यान्सर परिक्षण शिविरबाट झण्डै एक सय जना लाभान्वित भएका छन् । कार्यक्रमका लागि अमेरिका निवासी देवीरमण सापकोटाले सहयोग गरेका थिए ।

शिविरमा स्त्री रोग विशेषज्ञ डा चुम माया पुनले सहजिकरण गरेकी थिइन । शिविरको उद्घाटन गर्दै मादी गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष दिल बहादुर क्षेत्रीले सामाजिक संघ संस्थासँग समन्वय गरी अघि बढ्न तयार रहेको उल्लेख गरे । उक्त अवसरमा नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देल र पोखरा महानगपालिका वडा नं १३ की वडा सदस्य रजनी परियारले सरकार र संघसंस्था मिलेर काम गर्दा उपलब्धि हुने उल्लेख गरे ।

इनर व्हिल क्लव अफ पोखराका अध्यक्ष रेष्मा बैद्यको अध्यक्षतामा भएको कार्यक्रममा क्लवको संस्थापक अध्यक्ष सोनु सिग्देल, तप्राङ् स्वास्थ्य चौकी इञ्चार्ज शोभाकान्त पौडेल र महारुद्र्र माविका प्रधानाध्यापक डिल्लीराम देवकोटा लगायतले बोलेका थिए ।

  • २३ मंसिर २०८१, आईतवार १७:५१ प्रकाशित