काठमाडौं ।
आइतबार बिहान धादिङस्थित कृष्णभिरबाट ग्याँस बुलेट त्रिशुलीमा खस्दा सम्पर्कबिहिन भएका चालक सम्पर्कमा आएका छन् । एनएल-०२ एल-३९०७ नम्बरको भारतीय ग्यास बुलेट काठमाडौंतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो । पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरबाट बुलेट त्रिशुलीमा खसेको हो ।
बुलेट चालक सम्कर्पमा आएको धादिङका एसपी दिपेन्द्र शाहीले बताएका छनु । बेनिघाट रोराङ गाउँपालिका–५ स्थित सड्कबाट अनियन्त्रित भएर बुलेट करिब ६० मिटर तल खसेको थियो ।














