उपनिर्वाचन : तीन घण्टामा करिब २२ प्रतिशत मतदान

केन्द्रभाग मिडिया

काठमाडौँ ।

स्थानीय तह उपनिर्वाचन अन्तर्गत बिहान ७ बजेबाट सुरु भएको मतदान १० बजेसम्म करिब २२ प्रतिशत सम्पन्न भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले तीन घण्टाको अवधिमा करिब २२ प्रतिशत मतदान सम्पन्न भएको जानकारी दिए ।

‘सबै स्थानमा मतदाताहरू उत्साहजनक रूपमा सहभागी भएका छन् । मतदान सुरु भएको ३ घण्टामा करिब २२ प्रतिशत मत खसेको छ’, थपलियाले भने, ‘अहिलेसम्म सबै स्थानमा शान्तिपूर्ण ढङ्गले मतदान भइरहेको छ ।’

नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षका लागि ४१ पदमा मतदान भइरहेको छ । यो उपनिर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा छन् ।

उपनिर्वाचनका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र तोकिएको छ ।

  • १६ मंसिर २०८१, आईतवार १०:४९ प्रकाशित