लिलाबल्लभलाई मुद्दा नचलाउने निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट

केन्द्रभाग मिडिया

काठमाडौँ ।

कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट निवेदन पुगेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय बदरको माग गर्दै सर्वोच्च पुगेका हुन् ।

त्रिपाठीले अधिकारीमाथि फेरि अनुसन्धान गरी मुद्दा दायर गर्न निर्देशन दिनुपर्ने रिटमा उल्लेख गरेका छन् । उनलाई मुद्दा नचल्ने भनी गरेको निर्णय बदनियतपूर्ण भएकाले तत्काल बदर हुनुपर्ने उनको माग छ ।

पूर्वमन्त्री अधिकारी टोकियो महानगर र आर्ट काउन्सिल टोकियोले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन भन्दै ११ कात्तिकमा जापान उडेका थिए । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय गरेपछि १० मंसिरमा हिरासतमुक्त गरिएको थियो ।

  • १४ मंसिर २०८१, शुक्रबार १५:२९ प्रकाशित