आचारसंहिता विपरीत गतिविधि गर्ने ६ जना उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण

केन्द्रभाग मिडिया

काठमाडौँ ।

निर्वाचन आयोगले निर्वाचन आचार संहिता विपरीत गतिविधि गर्ने ६ जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ ।

आयोग स्रोतका अनुसार गएराति आयोगको टोलीले गरेको अनुगमनका क्रममा उनीहरूले आचारसंहिता विपरीत चुनावी गतिविधि गरेको पाइएपछि स्पष्टीकरण सोधेको हो । स्पष्टीकरण सोधिएका उम्मेदवारहरू कीर्तिपुर नगरपालिका र काठमाडौँ महानगर वडा नम्बर १६ का रहेका छन् ।

स्पष्टीकरण सोधिएका उम्मेदवारहरूमा कीर्तिपुरका राजमान महर्जन, मीनबहादुर मानन्धर,शिव शरण महर्जन, सम शाक्य, रोजिना श्रेष्ठ र पशुपति कठायत रहेका छन् ।

  • १४ मंसिर २०८१, शुक्रबार १४:३८ प्रकाशित