पोखरामा यस्तो छ हरियो तरकारीको भाउ (मुल्य सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार आज सानो गोलभेडाँ के।जीको ९१ रुपैयाँ देखि १०९रुपैयाँ सम्म मण्डीबाट किनबेच भएको छ । ठुलो गोलभेडाँको भाउ ८० देखि १०० रुपैयाँ सम्म किनबेच भइरहेको छ ।

पोखरामा आज रातो र सेतो दुवै आलुको भाउ प्रति के.जी ६० देखी ६५ रुपैयाँ रहेको छ । यस्तै आज प्याज १०० देखि १२० रुपैयाँ , गाजर १५० देखि २२० रुपैयाँ सम्म प्रति केजी रहेको छ । रायोको साग ४० देखी ६० रुपैयाँ सम्म रहेको छ ।

डल्ले च्याउ ४०० रुपैयाँ के.जी रहेको छ । काउली केजीको १०० देखि १५० रुपैयाँ र बन्दा ७० देखि ९० रुपैयाँ के।जी रहेको छ । मटरकोसा २३० देखी २५० रुपैयाँ के.जी छ ।

 

अन्य तरकारी, फलफुल तथा मासुको मुल्य हेर्न यहाँ क्लिक गर्नुहोस् ।

 

  • १४ मंसिर २०८१, शुक्रबार ०८:४८ प्रकाशित