संरक्षित बन्यजन्तुको सिंङ सहित एक विदेशी नागरिक पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।
संरक्षित बन्यजन्तु घोरलको सिंङ सहित एक विदेशी नागरिकलाई पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । बुधबार अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक प्रस्थान गेटमा रहेको एक्सरे मेसिनमा युक्रेनका नागरिक २१ वर्षिय पीलीप जील्को भीस्कीको निलो झोला चेकजाँच गर्ने क्रममा संरक्षित बन्यजन्तु घोरलको सिंङ फेला पारेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।

घोरलको सिंङ सहित पक्राउ परेको भीस्कीलाई वडा प्रहरी कार्यालय रामबजारबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कारबाहीको लागि पोखर १५ नयाँगाउमा रहेको अन्नपूर्ण संरक्षण क्षेत्र एक्यापको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

  • ११ मंसिर २०८१, मंगलवार १९:४६ प्रकाशित