संसद्को विधायन व्यवस्थापन समितिले संविधानअनुसार बन्न बाँकी कानुनबारे आज छलफल गर्ने भएको छ।
राष्ट्रिय सभाअन्तर्गतको यस समितिले आज पहिलो दिन संविधानअनुसार बन्न बाँकी कानुनका विषयमा छलफल कसरी अगाडि बढाउने र कुन मोडालिटीमा जाने भनेर कार्ययोजना तयार पार्ने समिति सभापति तुलसा कुमारी दाहालले जानकारी दिइन्।
समितिको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ।संविधानअनुसार बन्न बाँकी कानुनका विषयमा यसअघि समितिले तयार पारेको प्रतिवेदनलाई आधार मानेर छलफल अगाडि बढाइने सभापति दाहालले बताइन्।
केन्द्रले बनाउन बाँकी कानुन, प्रदेशले बनाउन बाँकी कानुन र स्थानीय तहले बनाउन बाँकी कानुनका विषयमा आवश्यकताअनुसार मन्त्रालय र विज्ञसँग छलफल गरी समितिले सरकारलाई निर्देशन दिनेछ।