दुर्गा प्रसाईंलाई आज अदालत लगिँदै

केन्द्रभाग मिडिया

काठमाडौं ।
साइबर अपराध गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आज (बुधबार) अदालतमा लगिँदै छ । हिजो (मंगलबारं बिहान भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका प्रसाईंलाई आज काठमाडौं जिल्ला अदालतमा लग्ने तयारी भएको साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले जानकारी दिए ।
सिआइबीले हिजो बिहान अदालतबाट विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कसुर गरेको भन्दै पक्राउ पुर्जी लिएको थियो।

सिआइबीले हिजो थप अनुसन्धानका लागि उनलाई मेडिकल गराएर साइबर ब्युरोमा बुझाएको हो । हिजो अबेर भएको र कागजातहरू मिलाउनुपर्ने नभ्याएकाले आज उपस्थित गराउन लागिएको एसपी अवस्थीले जानकारी दिए ।

कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३२ अर्ब लगानी गरेको भन्दै भिडिओ कलमार्फत् कसैले देखाएको अपुष्ट प्रमाणु प्रसाईंले सार्वजनिक गरेका थिए । प्रधानमन्त्री ओलीमाथि जघन्य आरोप लगाएपछि उनी पक्राउ परेका हुन् ।

  • ५ मंसिर २०८१, बुधबार ०७:४० प्रकाशित