दरबारथोकमा निशुल्क स्वास्थ्य शिविर

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिका वडा नं. ९ दरबारथोकमा रहेको चण्डिका आमा समुहको आयोजना, श्री कृष्ण ई.एन.टी. केयर प्रा.लि., नयाँबजारको प्राविधिक सहयोग र पोखरा महानगरपालिका वडा नं. ९ कार्यालयको सहकार्यमा शनिबार निशुल्क नाक, कान, घाँटी परिक्षण तथा औषधि वितरण गरिएको छ । सो अवसरमा स्थानिय १८० भन्दा वढि सेवाग्राहीले सेवा लिएका थिए ।

प्रमुख अतिथि पोखरा ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले समुहकी संस्थापक अध्यक्ष सरस्वती कोइरालालाई प्रिकृप्सन हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्दै प्राविधिक विज्ञ जनशक्ति सबैको साझा सम्पत्ति भएको वताउँदै वडा स्तरिय वृहत कार्यक्रम गर्नको लागि वडाले सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

श्रीकृष्ण ई.एन.टी.केयर प्रा.लि. का प्रवन्ध निर्देशक तथा मनिपाल हस्पिटलका नाक, कान, घाँटी रोग प्रमुख प्रा.डा. कृष्ण कोइरालाले नाक, कान र घाँटीमा कुनै समस्या आएमा के गर्ने, के नगर्ने भन्ने विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रम संयोजक आमा समुहकी सदस्य तथा श्रीकृष्ण ई.एन.टी. केयर प्रा.लि. की व्यवस्थापक गौरी कोइरालाले कार्यक्रमको उद्धेश्य माथी चर्चा गदै समय समयमा यस प्रकारका कार्यक्रमहरु आयोजना गर्दै जाने वताइन ।

आमा समुहकी अध्यक्ष सिता नेपालीले सबैको साथ र सहयोगले शिविर सभ्य र भव्य रुपमा सफल भएको वताउँदै वडा कार्यालय, डाक्टरहरु सहितको प्राविधिक समुहलाई धन्यवाद दिएकी थिइन ।
चण्डिका आमा समुहकी अध्यक्ष सीता नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव मिना सिग्देलले गरेकी थिइन ।

  • २ मंसिर २०८१, आईतवार १८:५७ प्रकाशित