नेरेसो लेखनाथ उप शाखाको रत्तदान

केन्द्रभाग मिडिया

लेखनाथ ।

पोखरामा देखिएको रगतको अभावलाई मध्यनजर राख्दै नेपाल रेडक्रस सोसाईटी पोखरा–२७ लेखनाथ उप शाखाले राखेको खुल्ला रत्तदानमा ३१ युनिट रगत संकलन भएको छ ।

रत्तदान जिवन दान जिवन दान महादान भन्ने मुल नाराका साथ आयोजना गरिएको रत्तदान कार्यक्रमका पहिलो रत्तदाता सुस्मिता खड्कालाई ब्लग ब्याग हस्तान्त्रण गर्दै पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्ण कुमार गुरुङले रेडक्रसले मानवताको सेवाका लागि गरेको कामलाई समाजको तल्लो तहसम्म पु¥याउदै हरेक मानिसमा सामाजिक भावनाको विकास गराउनु पर्ने सुझाव राखेका थिए ।

सोही अवसरमा रत्तसंचार केन्द्र पोखराका वरिष्ठ प्राविधिक महेन्द्र के शी,लेखनाथ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा,सामुदायिक सेवा केन्द्र लेखनाथकी अध्यक्ष गंगा खनाल,लेखनाथ खानेपानी उपभोक्ता सस्थाका अध्यक्ष मुरारी शर्मा,राईजिङ स्टार युवा क्लवका अध्यक्ष यम गुरुङ,छिमेकी टोल विकास सस्थाकी अध्यक्ष पार्वती भटराई लगाएतले रत्तदानको महत्व र यसले शारिरमा पार्ने सकरात्मक प्रभावका बारेमा जानकारी गराएका थिए ।

उप शाखाका सभापति तिलकशालि सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य शिवमोहन अधिकारीले सात शिध्यान्त, उप सभापति नारायणी भटराई रक्षाले धन्यवाद ज्ञापन र सचिव गोपालमणि लामिछानेले कार्यक्रम संचालन गरेका थिए ।

  • २२ कार्तिक २०८१, बिहीबार १९:५६ प्रकाशित