पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविमा हीरक स्तम्भ शिलान्यास

केन्द्रभाग मिडिया

पोखरा ।
पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविको हीरक महोत्सवको अवसर पारी निर्माण हुन लागेको हीरक महोत्सव स्मारकको विहीबार शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । विद्यालय प्राङ्गणमा निर्माण हुन लागेको हीरक स्मारकको पोखरा महानगरपालिका वडा नं १ का सहारा प्रधानले शिलान्यास गरे ।

सो अवसरमा वोल्दै वडा अध्यक्ष प्रधानले पोखरा महानगरपालिका वडा नं १ मा रहेर गर्विलो इतिहाँस बोकेको राष्ट्रिय माविको हिरक महोत्सवलाई लक्षित गरी वडाको तर्फबाट स्मारक निर्माणको लागि ५ लाख र ई लाइब्रेरी निर्माणका लागी ५ लाख गरी चालु आर्थिक वर्षमा १० लाख विनियोजन गरिएको वताए । विद्यालयको शैक्षिक स्तरोन्नतीको लागि आगामी दिनमा पनि वडाको तर्फबाट सक्दो सहयोग गर्ने उनको प्रतिवद्धता रहेको थियो ।

सो अवसरमा वोल्दै हीरक स्मारक निर्माण समितिका सदस्य कुल प्रसाद पौडेलले हिरक स्मारक निर्माण ५ लाख ८८ हजार ३ सय १९ रुपैया ९५ पैसामा निर्माण हुने बताउदै स्मारक निर्माणका लागि पोखरा महानगरपालिका १ को कार्यालयबाट ५ लाख र विद्यालयको तर्फबाट ८८ हजार २ सय ३५ रुपैयाँ ८८ पैसा जनश्रमदान मार्फत संकलन गरिने बताए ।स्मारक पाँच फिटको फाउण्डेशन रहने र माथील्लो भागमा साढे ८ फिटको स्तम्भ रहने र स्तम्भ माथी १ फिट ६ इन्चको गजुर र त्यसमाथी हिरक महोत्सवको लोगो रहने उनको भनाइ रहेको थियो ।

स्मारक दुई बाइ दुई फिटको चौडाइ रहने दुई स्टेपको चौकुना र दुबो सहितको गार्डेन रहने र स्तम्भमा सहयोग दाताहरुको नाम सहितको शिलालेख राखिने वताउदै स्मारक मंसिर १५ भित्र निर्माण सम्पन्न हुने वताए । उपभोक्ता समितिका अध्यक्ष विष्णुमाया लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विद्यालयका प्रध्यानाध्यापक इश्वरी प्रसाद सापकोटाले कार्यक्रमको सञ्चालन गरेका थिए ।

  • २२ कार्तिक २०८१, बिहीबार १६:५८ प्रकाशित