काठमाडौं ।
नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्यको मतगणना जारी रहेको छ । गएराती ५१ प्रतिशत मतगणना हुँदा ८ सयसम्म मत ल्याउने उम्मेदवार ३५ जनाभित्र परेका छन् ।राति रोकिएको गणना अहिले ९ बजेदेखि पुनः सुरु गरिने निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए।
३५ को कोटाभित्र १९७१ मत ल्याएर शशांक कोइराला पहिलो नम्बरमा छन् भने केदार कार्की ८१९ मतसहित ३५औं स्थानमा छन् । यद्यपि यो अन्तिम परिणाम भने होइन ।यो परिणाम अन्त्यमा परिवर्तन हुन पनि सक्छ । अझै २२८९ मत गन्न बाँकी छ । खुला केन्द्रीय सदस्य ३५ जनाका लागि ९९ जना चुनावी मैदानमा छन् ।
शीर्ष ३५ भित्र परेका उम्मेदवारहरु
१ डा शशांक कोइराला- १९७१
२एनपी साउद- १५३८
३ बालकृष्ण खाँण- १५०७
४ रमेश लेखक- १४५१
५ ज्ञानेन्द्र बहादुर कार्की- १४२३
६ उदय सम्शेर राणा- १४४५
७ रामहरी खतिवडा- १३९५
८ अर्जुननरसिंह केसी- १३८३
९ गोपाल मान श्रेष्ठ- १३२३
१० जिप छिरिङ लामा- १३१२
११ जितजंग बस्नेत- १२८३
१२ नैन सिंह महर-१२८२
१३ डा रामशरण महत- १२८१
१४ सुनिल बहादुर थापा- १२४६
१५ बल बहादुर केसी- १२३३
१६ दिलेन्द्र प्रसाद बडु- १२३१
१७ मोहन बहादुर बस्नेत- १२०२
१८ दिपक गिरि- ११७४
१९ सुरेन्द्र राज पाण्डे- ११५१
२० कुन्दन राज काफ्ले- ११४३
२१ सन्जय कुमार गौतम- १००१
२२ प्राडा गोविन्दराज पोखरेल- ९६२
२३ राजीव ढुंगाना- ९३५
२४ डा। गोपाल दहित- ९३१
२५ कृष्णकिशोर घिमिरे- ९२९
२६ दिनेश कोइराला-९२५
२७ बिरेन्द्र कुमार कनौडिया- ९१९
२८ इ मोहन आचार्य- ९१३
२९ अजयबाबु सिवाकोटी- ९०९
३० मदन बहादुर अमात्य- ९०८
३१ उमेश जंग रायमाझी-८९१
३२ गणेश लामा- ८८८
३३ मंगल प्रसाद थारु- ८७१
३४ मनोज मणि अचार्य-८५४
३५ केदार कार्की- ८१९