देउसी खेलिरहेको समूह माथी बसको ठक्कर, दुई जनाको ज्यान गयो १८ घाइते

केन्द्रभाग मिडिया

बुटवल ।
अर्घाखाँचीमा बसको ठक्करबाट तिहारको देउसी खेलिरहेका दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा २२ वर्षीया तारा श्रेष्ठ र अर्को एक जनाको भने सनाखत हुन बाँकी छ ।

भुमिकास्थान नगरपालिका ५ र ६ वडाको सीमाना जयठाटीमा आज बेलुका अन्दाजी ५ बजे देउसी भैलो खेलिरहेको ठाउँमा ना ३ ख २४७१ नम्बरको बसको ब्रेक फेल भएपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताए ।

दुर्घटनामा परेर ३० जना बढी घाइते भएका छन् । घटनास्थलमै एक जना महिलाको ज्यान गएको र उपचारको क्रममा तारा श्रेष्ठको अर्घाखाँची अस्पतालमा ज्यान गएको डीएसपी मल्लले बताए ।
घाइतेलाई अर्घाखाँची अस्पतालमा उपचारका लागि पठाइएको छ ।

  • १९ कार्तिक २०८१, सोमबार २०:३० प्रकाशित