स्पेनमा बाढीमा परी ९५ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्पेनमा आएको बाढीमा परी ९५ जनाको ज्यान गएको छ । कयौं व्यक्तिहरु बेपत्ता छन् ।

मंगलबार स्पेनको पूर्वी प्रान्त भ्यालेन्सिया र त्यस आसपासका क्षेत्रमा भएको मुसलधारे वर्षापछि बाढीपहिरो आएको थियो । भारी वर्षाका कारण पुल, भवन लगायतका भौतिक संरचनामा क्षति पुगेको छ । बस्तीहरु डुबानमा परेपछि मानिसहरु ज्यान जोगाउन घरका छत र रुखमा चढेका थिए ।

देशको स्थिति खराब भएपछि स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले तीन दिन राष्ट्रिय शोक घोषणा गरेका छन् । सरकारी अधिकारीहरुका अनुसार खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान छ ।

भ्यालेन्सियामा मात्रै ९२ जनाको मृत्यु भएको तथ्यांक छ । भ्यालेन्सियाको पश्चिमी तटीय क्षेत्रमा ७ वर्षीय ब्रिटिश नागरिकसहित अरु तीन जना पनि मृत फेला परेको बीबीसीले जनाएको छ ।

  • १५ कार्तिक २०८१, बिहीबार १०:३६ प्रकाशित