लक्ष्मी सनराईज वैंकको एक्स्टेन्सन शाखा बाटुलेचौरमा

केन्द्रभाग मिडिया

पोखरा ।

लक्ष्मी सनराईज वैंकले पोखरा १६ को बाटुलेचौरमा एक्स्टेन्सन शाखा सञ्चालनमा ल्याएको छ ।

आईतवारवाट शुरु भएको उक्त शाखाले वैंकको विभिन्न सेवा सहितको विस्तारित काउण्टर र एटिएम सेवा संचालनमा ल्याएको सो शाखा समेत हेर्ने वगर शाखाका प्रमुख विकास आचार्यले जानकारी दिए ।

बाटुलेचौर क्षेत्रमा क वर्गको वाणिज्य वैंकको अभाव महशुष भएको र स्थानियको माग अनुसार नै एक्सटेन्सन शाखा संचालनमा ल्याईएको आचार्यले वताउनु भयो ।शाखा विस्तारसँगै स्थानियले क वर्गको वाणिज्य वैंकले प्रदान गर्ने सुविधा र एटिएम सेवा प्राप्त गर्ने वताईएको छ ।शाखा संचालनको पहिलो दिन खाता संचालन गर्नेहरुको भिड नै लागेको छ ।

वैंकका पोखरामा लेकसाईड, वगर,अमरसिंह, नयाँसडक, पोखरा औद्योगिक क्षेत्र, चिप्लेढुगां, तालचोक र विरौटामा गरी ८ वटा शाखा र नेपाल मणिपाल फुलवारी,हिमालय आँखा अस्पताल घारीपाटन र बाटुलेचौरमा गरी ३ वटा एक्स्टेन्सन शाखा संचालनमा रहेका छन् ।

यसअघि वाटुलेचौर क्षेत्रमा ख वर्गको गरिमा विकास वैंकले मात्र वैकिंग सेवा प्रदान गरिरहेको छ ।

  • ११ कार्तिक २०८१, आईतवार १६:१० प्रकाशित