सामाजिक सञ्जालमा कास्की प्रहरी बिरुद्ध फैल्याइएको भ्रम प्रति प्रहरीको ध्यानाकर्षण

केन्द्रभाग मिडिया

पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीलाई सहकारी ठगीमा पक्राउ परेका रबि लामिछानेलाई अदालतमा उपस्थित गराउदा दुब्र्यवहार गरेको भनी भ्रमपूर्ण तरिकाले सामाजिक सञ्जालमा सम्प्रेशण भएको प्रति कास्की प्रहरीेले ध्यानाकर्षण जनाएको छ ।

केही दिन यता विभिन्न सामाजिक सञ्जालहरुमा अनुसन्धानको क्रममा रहेको पूर्व उपप्रधान तथा गृहमन्त्री रबी लामिछानेलाई सहकारी ठगी, संगठित अपराध तथा सम्पति शुद्धिकरण सम्बन्धी मुद्धामा गत कात्तिक ८ गते म्याद थप गर्न अदालतमा उपस्थित गराउदा प्रहरीका कर्मचारीले इजलाशमा आदरार्थी शब्द प्रयाग नगरेको, इजलासमा हतियार सहित प्रवेश गरेको धम्काएको एवं प्रहरी हिरासतमा समेत दुव्र्यवहार गरेको भन्ने जस्ता भ्रामक झुट्टा र अनुमानमा आधारित कपोकल्पित भ्रमपूर्ण विचारहरु टिकटक लगायतका सामाजिक सञ्जालहरुमा सम्प्रेषण भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले एक विज्ञप्ती जारी गरी विज्ञप्ती मार्फत तथ्यहीन, भ्रामक एवं झुट्टा समाचारहरुबाट जनमानसमा गलत सूचनाको सम्प्रेषण र सन्देश प्रवाह हुने र मुद्धाको तथ्यपूर्ण अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्ने हुनाले तथ्यमा आधारित रहेरमा मात्र सूचना सम्प्रेषण गर्न गराउन समेत अनुरोध गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ नेपालको संविधान एवं प्रचलित कानून बमोजिम फौजदारी न्याय प्रणालिका मुल्य मान्यताको अनुशरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्की सदैव प्रतिवद्ध रहेको छ । त्यसैले कोही कसैले अनुमानको आधारमा भनेको, सुनेको तथ्यहिन कुरालाई सम्प्रेषण नगरी सही, सत्य र तथ्यमा आधारित सूचना, समाचार र सन्देश मात्र सम्प्रेष्ण गरिदिनुहुन सम्पूर्णमा जिल्ला प्रहरी कार्यालय कास्की हार्दिक अनुरोध गर्दछ ।

  • ११ कार्तिक २०८१, आईतवार १२:०१ प्रकाशित