पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा शेखर पक्षका बद्री पाण्डे विजयी

केन्द्रभाग मिडिया

काठमाडौँ ।
नेपाली कांग्रेसको पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा बद्री पाण्डे विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी जीवनबहादुर शाहीलाई २७८ मतान्तरमा पराजित गर्दै पाण्डे विजयी भएका हुन् । पाण्डे शेखर कोइराला पक्षका पक्षका हुन् ।

पार्टी कार्यालय सानेपामा भएको मतगणनामा पाण्डेले २ हजार ४११ मत प्राप्त गरेका छन् । कर्णालीका मुख्यमन्त्रीसमेत रहेका शाहीले २ हजार १३३ मत प्राप्त गरेको कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

  • २ पुष २०७८, शुक्रबार १६:५९ प्रकाशित