सूर्यदर्शन सहकारी प्रकरणमा थप एक जना काठमाडौंबाट पक्राउ

अनुसन्धानका लागि पोखरा ल्याइँदै

केन्द्रभाग मिडिया

काठमाडौं।

सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा प्रहरीले नेचर हर्ब्स इन्टरनेश्नलका सञ्चालक रामबहादुर खनाललाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले तनहुँको बगालेफाँटका ४८ वर्षीय रामबहादुर खनाललाई पक्राउ गरेको हो। उनी गोरखा ग्रुप अफ कम्पनी लिमिटडमा पनि शेयरधनी छन् ।

सीआईबीका एसपी होविन्द्र बोगटीका अनुसार, उनलाई काठमाडौंको पानीपोखरीबाट पक्राउ गरिएको हो । उनीमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, कास्की ल्याउन लागिएको बोगटीले बताएका छन् ।

सहकारीको रकम नेचर हर्ब्समा पनि लगेको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवै संस्थाका मुख्य सञ्चालक जिबी राई हुन् ।

  • ९ कार्तिक २०८१, शुक्रबार १६:२१ प्रकाशित