बालिका बलात्कारको आरोपमा २ सशस्त्र प्रहरी पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं।

बालिका बलात्कारको आरोपमा सशस्त्र प्रहरी बलका दुई सुरक्षाकर्मी पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा दाङको २९ नं.ज्वालामाई गणमा कार्यरत सहायक हवल्दार भरत रोका मगर र जवान रेवन पचभैया मगर छन् ।बलात्कारको आशंकापछि सशस्त्र प्रहरीकै टोलीले अनुसन्धान गर्न भनेर जिल्ला प्रहरी कार्यालय दाङलाई बुझाइएको सशस्त्रका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

गत असोज २४ गते ८ वर्षीया बालिकामाथि उनीहरुले बलात्कार गरेको आरोप लागेको छ ।

  • ८ कार्तिक २०८१, बिहीबार १६:२७ प्रकाशित