पोखरामा आज गोलभेडाँको भाउ आकासियो (मुल्य सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार आज पोखरामा गोलभेडाँको भाउ आकासिएको छ ।

आज सानो गोलभेडाँ १४३ रुपैयाँ देखि १६१ रुपैयाँसम्म मण्डीबाट किनबेच भइरहेको छ । औसत मुल्य भने १५२ रुपैयाँ रहेको छ । हिजो सानो गोलभेडाँको कम्तीमा १३० रुपैयाँदेखि अधिकतम १६१ र र औसतमा केजीको १४१ रुपैयाँ ५ पैसा सम्म किनबेच भएको थियो ।
आज प्याज के।जीको औसत ११० रुपैयाँ रहेको छ । आज ठुलो गोलभेडाँ १४० रुपैयाँ केजी रहेको छ ।

आज रातो र सेतो दुवै आलु प्रति केजी ५५ देखि ६५ रुपैयाँ रहेको छ । यस्तै घिरौला ८० देखि १२० रुपैयाँ सम्म किनबेच भएको छ । यस्तै गाजर अधिकतम २०० र न्युनतम १५० रुपैयाँ प्रति केजी रहेको छ । रायोको साग ५० देखी ६० रुपैयाँ मुठा रहेको छ ।मुला ५० देखि ६० रुपैयाँ केजी रहेको छ ।

मासु र फलफुलको मुल्य हेर्न यहाँ क्लिक गर्नुहोस् ।

  • ७ कार्तिक २०८१, बुधबार ०८:५७ प्रकाशित