रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

केन्द्रभाग मिडिया

पोखरा ।

सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन म्याद थप भएको छ । पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा लामिछाने पक्राउ परेका लामिछानेलाई कास्की प्रहरीले आज जिल्ला अदालत कास्कीमा पेश गरिएको थियो ।

शुक्रबार काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई सोही दिन राति पोखरा ल्याइएका उनलाई हिजो शनिबार सार्वजनिक बिदा परेकाले आजमात्रै अदालतमा पेश गरिएको थियो । उनलाई अदालतमा पेश गर्नअघि पोखराको सहिदचोकमा ठूलो संख्यामा कार्यकर्ता जम्मा भएका थिए भने राष्ट्रबैंक चोकमा सहकारी पीडित जम्मा भएका थिए ।

जिल्ला प्रशासन कार्यालयले सम्भावित स्थिति नियन्त्रण गर्न सहिदचोक आसपासका क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो । उक्त निषेधाज्ञा तोडेर रास्वपा कार्यकर्ताले नाराबाजी गर्ने क्रममा प्रहरीसँग धकेलाधकेलसमेत भएको थियो भने प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो । त्यसैगरी सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिले पनि आज राष्ट्रबैंकचोकमा प्रदर्शन गरेका थिए ।

 

 

  • ४ कार्तिक २०८१, आईतवार १७:२९ प्रकाशित