प्रदर्शनकारी एक महिला प्रहरी नियन्त्रणमा

केन्द्रभाग मिडिया

पोखरा ।
पोखराको शहिदचोकमा जारी प्रदर्शनको क्रममा एकजना महिलालाई धरपकड सहित प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार बिहानदेखि निषेधित क्षेत्रभित्र प्रदर्शन गरिरहेका रास्वपाका कार्यकर्ताहरु मध्ये प्रहरीले एकजना महिलालाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको महिलालाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ । प्रहरीमाथी ज्यादती गरेपनि उक्त महिलालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीको घेरा तोडेर जथानाम लागी गलौज गरी प्रहरीमाथी ज्यादती गरेपछि एकजना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

  • ४ कार्तिक २०८१, आईतवार १४:३५ प्रकाशित