पानीको फोहोरा हान्दा समेत निषेधित क्षेत्रबाट पछि हटेनन रास्वपाका कार्यकर्ता

केन्द्रभाग मिडिया

पोखरा ।
जिल्ला प्रशासन कार्यालय कास्कीले घोषणा गरेको निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेका रास्वपाका कार्यकर्तालाई हटाउन प्रहरीले पानीको फोहोरा हानेको भएतापनि प्रदर्शनकारीहरु पछि हटेका छैनन ।

केही बेर अगाडी प्रदर्शन कारीहरुले आफुहरुले मौन तवरले प्रदर्शन गर्ने भनेर प्रहरी संग आग्रह गरेको भएतापनि उच्श्रृङखल नारा र गतिविधी गर्न थालेपछि प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो ।

पानीको फोहोरा प्रहार गर्दा समेत प्रदर्शनकारीहरुले प्रदर्शनलाई जारी राखेका छनभने सरकार र प्रहरी विरुद्ध नाराबाजी गरिरहेका छन ।

  • ४ कार्तिक २०८१, आईतवार १४:०३ प्रकाशित