कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक

केन्द्रभाग मिडिया

काठमाडौं ।

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । भदौ २५ र २६ गते सञ्चालन भएको ग्रेडवृद्धि ९पूरक० परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको हो ।

ग्रेड वृद्धिका लागि १ लाख २२ हजार १७१ जना विद्यार्थी सहभागी भएका थिए । त्यसमध्ये ८६ हजार २४६ जना विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेको बोर्डको सूचनामा उल्लेख भएको छ ।

परीक्षा दिएकामध्ये २ जना विद्यार्थीको परीक्षा रद्ध गरिएको र ३ जनाको परीक्षा फल स्थगित गरिएको बोर्डको भनाइ छ ।परीक्षाको नतिजा प्राप्त गर्न राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकमको वेबसाइट वा नेपाल टेलिकमको १६०० मा एसएमएस गर्न बोर्डले सुझाएको छ ।

  • ४ कार्तिक २०८१, आईतवार १३:५९ प्रकाशित