पोखराको सहिदचोकमा निषेधित क्षेत्रमै रास्वपाको प्रदर्शन

केन्द्रभाग मिडिया

पोखरा ।
जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधित क्षेत्र घोषणा गरेको भएतापनि निषेधित क्षेत्र भित्रै रास्वपाका कार्यकर्ताहरुले प्रदर्शन गरेका छन ।

पोखराको सहिदचोक लाई केन्द्र मानी चार किल्ला छुटाएर निषेधित क्षेत्र घोषणा गरेको भएतापनि रास्वपाका कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालय अगाडीनै प्रदर्शन गरिरहेका छन । प्रहरीले भने निषेधित क्षेत्र खाली गराउने प्रयास गर्दा दुई पक्षबिच घम्साघम्सीको स्थिति समेत छ ।

अन्तिम समयमा मात्रै निषेधित क्षेत्र घोषणा गरिएको भन्दै रास्वपाका नेताहरूले प्रहरीसँग वादविवाद गर्दै सरकारविरुद्ध चर्को नाराबाजी गरिरहेका छन । लामिछानेलाई आजै अदालतमा पेस गरिँदै छ ।

  • ४ कार्तिक २०८१, आईतवार १२:५४ प्रकाशित