सहकारी ठगी प्रकरण

पूर्व डीआइजी जोशी विरुद्ध २० दिनको म्याद थप

केन्द्रभाग मिडिया

पोखरा ।
सहकारी बचत रकम अपचलन प्रकरणमा पक्रउ परेका नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) समेत रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन संचालक छविलाल जोशीविरुद्ध कास्की जिल्ला अदालतले अनुसन्धानका लागि २० दिनको म्याद थप गरेको छ ।

जोशीलाई कास्की प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । ६ असोजमा पक्राउ परेका उनलाई अदालतले १७ असोजदेखि लागू हुने गरी २० दिनको म्याद थप गरेको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

दसैँ बिदाका कारण १७ असोजपछि अदालत बन्द भएको थियो । जोशी भने प्रहरीको हिरासतमै छन् । पोखराको सूर्यदर्शन सहकारीको बचत ठगीको अनुसन्धानका लागि जोशीलाई प्रहरीले ६ असोजमा काठमाडौंबाट पक्राउ गरेको थियो ।

गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक जोशीको हस्ताक्षर चल्ने गरी खोलिएको खातामा विभिन्न सहकारीबाट ६५ करोड ५४ लाख ल्याएर खर्च गरिएको थियो ।

  • २ कार्तिक २०८१, शुक्रबार १७:४४ प्रकाशित