पोखरामा योगा महोत्सव सम्पन्न

केन्द्रभाग मिडिया

पोखरा ।

पर्यटकीय राजधानी पोखरामा नेपाल योगा महोत्सव २०२४ सम्पन्न भएको छ । होटल संघ नेपाल र पोखराको भकुण्डेमा रहेको पूर्ण योगा रिट्रिटको संयुक्त आयोजनामा ३० असोजमा उक्त महोत्सव आयोजना भएको हो ।

यही ३ कात्तिकसम्म संचालन हुने भनिएपनि बाढिपहिरो लगायत पछिल्ला दिनमा उत्पन्न समस्याका कारण कारण केही देशका योग साधकहरुले सहभागी हुन नसकेपछि केही विदेशी सहित आन्तरिक पर्यटक एवं पोखराका पर्यटन व्यावसायीहरुको सहभागितामा उक्त महोत्सव सम्पन्न गरिएको होटल संघ पोखरा , नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

महोत्सवमा ५० विदेशी सहित कूल १ सय ७० जना सहभागी हुने अपेक्षा गरे पनि अन्तिम समयमा ९ देशका पर्यटकहरु नआउने गरी जानकारी गराएसंगै उक्त कार्यकम एकै दिनमा सम्पन्न गरिएको उनले बताए ।

विभिन्न विधामा योगा कक्षाहरु सञ्चालन भएको होटल संघ नेपालका महासचिव एबं कार्यक्रमका सभापति साजन शाक्यले बताए । महोत्सव अवधिभर विश्वस्तरीय योग प्रस्तुतकर्ताहरु गुरु अन्तरयोगी चैतन्य केन्द्रका प्रकाश थापा ग्रामीनोमिनेटेड मनोज, पिटिर स्टेरियोस र चर्य नृत्य नाच गुरु प्रज्वल रत्न बज्राचार्य जस्ता विशेषज्ञहरुबाट योग र ध्यानको कार्यशाला गरिएको होटल संघले जनाएको छ ।

  • २ कार्तिक २०८१, शुक्रबार १०:२८ प्रकाशित