आज गण्डकी र कर्णाली प्रदेशमा सार्वजनिक बिदा

केन्द्रभाग मिडिया

 

पोखरा ।

गण्डकी प्रदेश सरकार र कर्णाली प्रदेश सरकारले आज सार्वजनिक विदा दिएका छन् । कोजाग्रत पूर्णिमाका दिन आज बिहीबार दुबै प्रदेशमा सार्वजनिक बिदा हुने भएको हो ।

गण्डकी प्रदेश सरकारले कोजाग्रत पूर्णिमाका दिन आज बिदा दिने निर्णय गत ९ चैतमा गरेको थियो ।

कर्णाली प्रदेश सरकारले गत १७ बैशाखमा कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले असोज शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) को अवसरमा आज बिदा दिने निर्णय गरेको थियो ।

आज गण्डकी र कर्णाली प्रदेश भित्रका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थाहरुमा बिदा हुने छ ।

  • १ कार्तिक २०८१, बिहीबार ०९:१२ प्रकाशित