पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज पाउण्डको भाउ घटेको छ ।
आज पाउण्ड एकको खरिदर १७५ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७६ रुपैयाँ ११ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १७६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६७ पैसा थियो । डलर एकको खरिददर १३४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६७ पैसा छ ।
यस्तै युरो एकको खरिददर १४७ रुपैयाँ ११ पैसा बिक्रीदर १४७ रुपैयाँ ७७ पैसा रहेको छ । १० जापानी येनको खरिददर ९ रुपैयाँ ०३ पैसा र बिक्रीदर ९ रुपैयाँ ०७ पैसा छ । भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८५ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७८ पैसा र बिक्री दर ३६ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर ३१ रुपैयाँ ३० पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा रहेको छ ।















