सेतीमदी सहकारीको चौधौं साधारण सभा सम्पन्न

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा २ मिरुवास्थित सेतीमदी बचत तथा ऋण सहकारी संस्थाको १४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

कास्की बचत तथा ऋण सहकारी संघ लिमिटेडका कार्यवाहक अध्यक्ष ईश्वर प्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बचत संघका पूर्व अध्यक्ष तथा विशाल सहकारीका प्रमुख कार्यकारी अधिकृत सुदिप ढकाल, राष्ट्रिय सहकारी बैंक गण्डकी प्रदेश प्रमुख नरेश पाण्डे, जिल्ला सहकारी संघ कास्कीका महासचिव दिपकराज बास्तोला लगायत स्थानीय वित्तिय तथा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

संस्थाका अध्यक्ष जयलाल अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष गंगा बहादुर गुरुङले स्वागत मन्त्व्य राखेका थिए भने सचवि शिवराज अधिकारीले कार्यक्रमको सञ्चालन गरेका थिए ।

संस्थाले विभिन्न क्षेत्रका ३७ जना शेयर सदस्यहरुलाई सम्मान गरेका थिए । उक्त सम्मानमा संस्थापक शेयर सदस्य , जेष्ठ शेयर सदस्य,असल कारोवारकर्ता, यस वर्ष विद्यावारिधि गरेका शेयर सदस्य साथै यस वर्ष प्लस टुमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरिएको हो ।

उक्त अवसरमा बोल्ने वक्ताहरुले सहकारीले गरेका गतिविधिहरुको प्रशंसा गर्दै हालको अवस्थामा सहकारीका समिती, उपसमिती मात्र नभई सम्पूर्ण शेयर सदस्यहरु नै चनाओ भई संस्थाका सबै गतिविधिहरुमा लाग्नुपर्ने बताए ।

पोखरा महानगरपालिकाका २३ र २८ बाहेक ३१ वटा वडा, माछापुच्छ्रे गाँपालिका वडा नम्बर ६ र ७ अन्नपूर्ण गाउँपालिका वडा नम्बर १,२,३ कार्यक्षेत्र रहेको यस सहकारीको शेयर पुँजी चार करोड १२ लाख ५५ हजार १ सय रहेको संस्थाका कोषाध्यक्ष दुर्गाप्रसाद अधिकारीले जानकारी दिए ।

  • २० आश्विन २०८१, आईतवार १५:०० प्रकाशित