महोत्तरीका उखु किसानले पाए अनुदानको २० करोड ३३ लाख

केन्द्रभाग मिडिया

काठमाडौं ।

दशैंको मुखमा महोत्तरीका उखु किसानले अनुदान पाएका छन् ।

चाडपर्व प्रारम्भ हुन लागेका बेला सरकारबाट अनुदान रकम पाएपछि महोत्तरीका उखु किसान खुसी भएका छन्।राज्यबाट अनुदान पाउने कुनै आशाभरोसा नभएको स्थितिमा रकम पाएपछि किसान खुसी भएका हुन्।

आर्थिक वर्ष २०८०/८१ मा गौशाला–१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजलाई उखु बेचेका किसानले अनुदानबापतको रकम पाएका हुन्।

उक्त उद्योगलाई गत वर्ष उखु बेचेका १४ हजार ४४४ किसानका खातामा उनीहरुले बुझाएका उखुको परिमाणअनुसार प्रतिक्विण्टल ७० का दरले अनुदान रकम दाखिला भएको कोष तथा लेखा नियन्त्रण कार्यालय महोत्तरीले जनाएको छ।

किसानलो अनुदान वापत २० करोड ३३ लाख १५ हजार ८११ रुपैयाँ पाएका हुन्। कार्यालय प्रमुख बालकृष्ण अधिकारीका अनुसार अनुदान रकम बैंक खाता भएका सबै किसानले पाएका र नहुनेले पनि धमाधम खाता खोल्न थालेका छन्।

उखुको समयमै नै भुक्तानी तथा सरकारबाट अनुदान पनि पाएपछि महोत्तरीका किसान उखुखेति विस्तार गर्ने योजनामा रहेका उखु उत्पादक कृषक सङ्घका अध्यक्ष नरेशसिंह कुशवाहाले जानकारी दिए।

हाल महोत्तरीमा दश हजार बिघामा उखुखेती हुँदै आएको छ।

  • २० आश्विन २०८१, आईतवार १०:५१ प्रकाशित