देशभर डेंगीका १४ हजारभन्दा बढी बिरामी, सबैभन्दा बढी गण्डकी प्रदेशमा

रासस

काठमाडौं ।
देशभर डेंगीबाट संक्रमितको संख्या १४ हजारभन्दा बढी पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहाल अनुसार देशभर १४ हजार नौ सय ७५ जनामा डेंगी रोगको संक्रमण देखिएको छ ।

केही दिन अघि पानी परेका कारणले डेंगी संक्रमण बढेको उनले बताए । हालसम्म हुम्लाबाहेक सबै जिल्लामा डेंगीको संक्रमण देखिएको छ । डेंगीको संक्रमणबाट हालसम्म सात जनाको निधन भइसकेको छ ।

डेंगीको संक्रमण सबैभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशमा छ हजार नौ सय २० देखिएको छ । कोशी प्रदेशमा एक हजार तीन सय २९, मधेसमा दुई सय ८६, वाग्मतीमा चार सय ८९, लुम्बिनी नौ सय ९५, कर्णालीमा दुई सय २० र सुदूरपश्चिम प्रदेशमा सात सय ३६ जनामा डेंगी संक्रमण देखिएको छ ।

 

  • १८ आश्विन २०८१, शुक्रबार २१:१४ प्रकाशित