उत्तर प्रदेशको मिर्जापुरमा ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा १० मजदुरको ज्यान गएको छ ।
बीबीसी हिन्दीका अनुसार यो दुर्घटना बिहीबार राति करिब १ बजे भएको हो।मिर्जापुर प्रहरीका अनुसार ट्रकले पछाडिबाट ट्याक्टरलाई ठक्कर दिँदा १० मजदुरको ज्यान गएको हो।
मिर्जापुरका प्रहरी उपरीक्षक अभिनन्दनका अनुसार ट्र्याक्टरमा १३ जना मजदुर सवार थिए।१३ जनामध्ये १० जनाको ज्यान गएको छ भने तीन जनालाई उपचारका लागि बनारस पठाइएको छ।