भोलिदेखि तीन दिन विद्यालय बन्द गरिने

केन्द्रभाग मिडिया

काठमाडौं ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बाढी पहिरोले देशभर प्रभाव पारेपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

बाढी र पहिरोको असर सबै तिर परेको भन्दै ३ दिन विद्यालय बन्द गर्ने व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै स्थानीय तहलाई आग्रह गरेको छ ।

यो निर्णय अनुसार भोलि (आइतबार)देखि मंगलबारसम्म तीन दिन विद्यालय बन्द हुनेछन् । ‘अधिकांश विद्यालयमा अहिले परीक्षा चलिरहेको छ ।

विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय भोलिदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध छ ।’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

  • १२ आश्विन २०८१, शनिबार २१:०५ प्रकाशित