वर्षाका कारण नदीपुरमा जारी भलिबल प्रतियोगिता २ दिनका लागि स्थगित

केन्द्रभाग मिडिया

पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदीपुरमा जारी आठौं पुरुष तथा महिला भलिबल प्रतियोगिता वर्षाको कारण स्थगित भएको छ ।

असोज ९ गतेदेखि सुरु भएको भलिबल प्रतियोगिता हिजो देखि परेको निरन्तर वर्षाका कारण २ दिनका लागि स्थगित गरिएको प्रतियोगिता संयोजक मनोज खड्काले जानकारी दिए ।

उनका अनुसार अब बाँकी खेलहरु १३ गतेदेखि सञ्चालन हुनेछ।संयोजक खड्काका अनुसार पुरुषतर्फ ८ समूह र महिलातर्फ १० टिम सहभागी छन् ।

प्रतियोगिताको विजेता पुरुष समूहले १ लाख ३० हजार र उपविजेताले ८० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यसैगरी महिलातर्फ स्थानीय सहित करिब १० क्लबले सहभागिता जनाउने अपेक्षा गरिएको बताउँदै विजेता समूहले ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

  • ११ आश्विन २०८१, शुक्रबार १५:१९ प्रकाशित