अल्जाईमर सम्बन्धी जनचेतना जगाउँदै रोट्रयाक्ट

केन्द्रभाग मिडिया

पोखरा ।

अल्जाईमर रोग कुनै जुनीको पाप होईन, यो सरुवा रोग पनि होईन त्यसैले घरपरिवार र समुदायमा डर उत्पन्न गराउनु हुँदैन भन्दै आज पोखरामा पनि बिश्व अल्जाईमर दिवस मनाईयो । संयुक्त राष्ट्रसंघले घोषणा गरेको बिश्वब्यापि मान्यताको मानव अधिकार मध्य ज्येष्ठ नागरिकहरु लाई प्रायः लाग्ने अल्जाईमरबाट पीडित रोगीहरुको संरक्षणका लागि पनि उत्तिकै क्रियाशिल हुनु पर्ने बताएको छ ।

पोखरामा आयोजित अल्जाईमर रोग सम्बन्धी सचतना कार्यक्रमका श्रोत ब्यक्ति डा. देवेशचन्द्र घिमिरेकाका अनुसार यो बिर्सने रोगको तथ्याङ्क नेपालमा बिश्वसनीय नरहे पनि संयुक्त राज्य अमेरिकामा यो रोग डरलाग्दो ढंगले बढेको बताए । पोखरा बृद्धाश्रमको आयोजना तथा मनिपाल शिक्षण अस्पतालका बरिष्ट चिकित्सक डा.घिमिरेको अनुशिक्षण कार्यक्रम अत्यन्त उपयोगि रहेको जानकारी बताए । अल्जाईमर रोगको जानकारी, बढ्न नदिने उपाय बारे पोखरा बृद्धाश्रम र दिवासेवाका स्यारकर्तालाई प्रशिक्षण दिइएको थियो ।

गण्डकी प्रदेश र पोखराका ज्येष्ठ नागरिकसंग सरोकार राख्ने संघसंस्थाहरु साथै चिकित्सक, नर्स, स्वयम ज्येष्ठ नागरिकहरु सम्मिलित सचतना कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ केन्द्रीय समितिका सचिव तथा प्रेस स्वतन्त्रता सेनानी कुसुम केशव पराजुलीले अल्जाईमर रोगको न्युनिकरण तथा उपचारका लागि सरकार र समुदाय मिलेर काम गर्नु पर्ने बताएका थिए । सचिव पराजुलीले सामाजिक बिकास कार्यालय कास्की र संघले मिलेर काम गरि रहेकोले प्रदेश र स्थानीय तहमा पनि सरकारले मिलेर काम गर्न आग्रह गरे ।

कार्यक्रममा ज्येष्ठ नागरिक भएर पनि अहिले सम्म उत्पादनमा जोडिएको र सक्रिय रहे सम्म समाजलाई योगदान दिन पछि नपर्ने कुरा गण्डकी ज्येष्ठ नागरिक संघका उपाध्यक्ष धर्म बहादुर गुरुङ्गले बताए । मनिपालमा अध्ययनरत बिद्यार्थी बिशेष श्रेष्ठ र उनको टिम, शुक्लेश्वर महादेव मन्दिर ब्यवस्थापन समिति अलकापुरका अध्यक्ष बिष्णुहरी सापकोटा पुर्व शिक्षक बुद्धी गिरी लगायतका महानुभावहरुले रोट्रयाक संस्था मार्फत जनचेतना जगाउने नाटक समेत मञ्चन गरेका थिए ।
यसै गरी राष्ट्रिय ज्येष्ठ नागरिक संघका सदस्यहरुले अल्जाईमर दिवसको महत्वबारे प्रकाश पारेका थिए । पोखरा बृद्धाश्रममा सम्पन्न सचेतना कार्यक्रममा आश्रमका कोषाध्यक्ष भीम प्रसाद सवेदी, अलकापुर ज्येष्ठ नागरिक दिवासेवाका अध्यक्ष ढकाल, कार्यक्रमका सदस्य सिद्धीकुमार रेग्मी, थेरापिष्ट शान्ता अधिकारी लगायतका बिज्ञहरुले अल्जाईमरका समस्या र तिनको स्याहार बारे बारेमा प्रकाश पारेका थिए ।

 

  • ५ आश्विन २०८१, शनिबार १६:३५ प्रकाशित